६ जेष्ठ २०८१, आईतवार
Follow Us

चालक निदाएकाले राेहिणी पुलमा दुर्घटना !

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १३:०४

बुटवल । रुपन्देहीको भैरहवा-परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महलिा रहेको रुपन्देहीका प्रहरी प्रमुख रवन्द्रि रेग्मीले जानकारी दिए ।

आइतबार बहिान करबि साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थति मेडकिल कलेज र ४ जनाको भमि अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहणिी पुलको रेलङ्गि तोड्दै खोलामा खसेको थयिो । अन्य घाइतेहरुको भैरहवाको भमि अस्पताल र मेडकिल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफकि प्रहरी प्रमुख केशव केसीले जानकारी दएि । उनले प्रहरीले बसलाई नकिालेको र घाइतेको उद्धार गरी अस्पताल पुर्याउने काम भएको बताए ।भैरहवा-परासी सडक खण्डमा पर्ने रोहणिी पुलबाट यस अघ पनि पटक-पटक गाडीहरु खोलामा खस्ने गरेका छन् । बिहानको समयमा चालक निदाएको हुनसक्ने कारणले बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।