१४ जेष्ठ २०८१, सोमबार
Follow Us

किशोरीमाथि सामूहिक बलात्कार‚ ७ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १०:२२

नेपालगन्ज । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जङ्गलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्‍याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लाग्यो ।’ बाँकेका डिएसपी न्यौपानेले भने, ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ ।’