१४ जेष्ठ २०८१, सोमबार
Follow Us

नेपाल प्रहरीका ५ डिआइजी एआईजीमा बढुवा

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७९, सोमबार १३:५६

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डिआइजीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।