१४ जेष्ठ २०८१, सोमबार
Follow Us

क्रान्ति अझै बाँकी छ, निर्णायक सङ्घर्ष आवश्यक : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७९, आईतवार १३:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक सङ्घर्षको आवश्यकता रहेको बताएका छन् । आज (आइतबार) सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गर्नुपर्ने बताउँदै देशका नमुना बनाइने प्रतिबद्धता जनाए । उनले माओवादी सशस्त्र आन्दोलनमा शिक्षकको भूमिकाको प्रशंसासमेत गरे ।

सङ्घर्ष, रुपान्तरण र एकताको सो बैठकले शैक्षिक तथा पेसागत माग र मुद्दाको पक्षीकरण र सम्बद्ध नेतृत्वबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको केन्द्रीय कोषाध्यक्ष कुलप्रसाद खतिवडाले बताए । बैठकमा अखिल नेपाल शिक्षक सङ्गठन र अन्य सङ्गठनबाट भेरी कर्णाली ब्युरो सदस्यसहित प्रवेश गरेको उनले जानकारी दिए ।