लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका उपाध्यक्ष सुनिलबाबु खड्काले गैरआवासीय नेपाली संघ यूकेले आफ्नो पोजिसन स्पष्ट नपर्दा अन्योल भएको बताएका छन् ।
खड्काले एनआरएनए सचिव टीका गुरुङको सम्मानमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै एनआरएनएको अभियानमा आफ्नै आधिकारिकताका बारेमा चुक्दै गएको बताए ।
उनले गैरआवासीय नेपाली संघ राजनीतिक दलहरुको सहमतिमा गठन भएको दले र पूर्वअध्यक्ष शेष घलेद्वारा गठित घलेको रुपमा विभाजित हुँदा पीडा भएको बताए । उनले गैरआवासीय नेपाली संघ यूके दले वा घले कुन स्थानमा उभिने स्पष्ट हुनुपर्नेमा जोड दिए ।