लण्डन । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुले सिकेको सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा प्रेरणाको श्रोत बन्न सक्ने बताएका छन् ।
मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १० औं स्थापना दिवसको अवसर दिएको शुभकामना सन्देशमा उक्त कुरा बताएका हुन् ।
उनले बेलायतमा बसेर नेपाली समुदायका गतिविधिहरुलाई आमसञ्चारका माध्यमाबाट मातृभूमिसँग जोड्ने पुलको रुपमा पत्रकारहरुले खेलेको भूमिकाको प्रति प्रशंसा गरेका छन् ।
शुभकामना सन्देशमा विदेशमा व्यस्त समयको समेत प्रवाह नगरी नेपाली भाषा, संस्कृति र सभ्यातालाई पत्रकारितामार्फत विश्व समुदाय समक्ष जीवन्त राख्ने योगदान सकरात्मक भएको उल्लेख छ ।
कार्कीले नेपाली संचारमाध्यमले खेलेको भूमिकाबाट नेपाल–बेलायत सम्बन्धमा समेत अझ सुदृढ र बलियो भएको बताउँदै गैरआवासीय नेपालीहरुका गतिविधि, भूतपूर्व गोर्खाहरुको आन्दोलन र नेपाल–बेलायत सम्बन्धका गतिविधिहरुलाई समेटेर आमजनसमुदायलाई सुसूचित गर्न थप उत्साह मिल्ने बताए।
नेपाल पत्रकार महासंघ यूकेले आफ्नो १० औं वार्षिकोत्सव आइतवार लण्डनमा आयोजना हुदैछ । सो समारोहमा बेलायतस्थित बिभिन्न सामाजिक संघसँस्थाहरुका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ । सोही अवसर शाखाका संस्थापकहरुलाई सम्मान गर्ने कार्यक्रमतय गरिएको छ ।