१ जेष्ठ २०८१, मंगलवार
Follow Us

राजीनामा दिने तयारीमा एआईजी पोखरेल

नेपालब्रिटेन संवाददाता
३१ असार २०७९, शुक्रबार १४:०१

काठमाडौँ । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालतमा हालेका थिए । शुक्रबार रिट खारेज भएसँगै पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । सम्भवतः आइतबार राजीनामा बुझाउने पोखरेल निकट स्रोतले बताएको छ ।

सरकारले सिंहलाई आइजिपी बनाए लगतै पोखरेल बिदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने बिदा स्वीकृत गरेका थिए । पुनः बिदा माग गरेपछि आइजिपी सिंहले स्वीकार गरेनन् ।

तर एआईजी पोखरेल कार्यालय गएका छैनन् । निरन्तर ४५ दिनसम्म कार्यालयमा नगए कारबाही पनि हुने भएकाले पोखरेलले राजीनामा दिने तयारी गरेका हुन् । उनको कार्यकाल यही साउन २० गतेसम्म मात्र छ ।