लण्डन् । परराष्ट्रमन्त्री डा नारायण खड्काले बेलायती प्रधानमन्त्री लिज ट्रससंग भेटघाट गरेका छन् ।
महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन बेलायत आएका खड्काले सोमवार प्रधानमन्त्री ट्रसलाई भेटेको नेपाली दूतावास लण्डनले जनाएको छ ।
मन्त्री खड्काले अन्त्येष्टि समारोहमा उपस्थित शाही परिवारका केही सदस्यहरु, बेलायती पूर्व प्रधानमन्त्री, बेलायती विदेश सचिव र बेलायती क्याबिनेट मन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाट र अन्तरक्रिया गरेको दुतावासले जनाएको छ ।
मन्त्री डा खड्काले भेटका क्रममा दुई पक्षीय हितको बारेमा संक्षिप्त कुराकानी गरेका थिए ।
मन्त्री खड्का सहित बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य ज्ञानचन्द्र आचार्य र परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल समेत समारोहमा सहभागी भएका थिए ।
भोलि (मंगलवार) बिहान लण्डनबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ । ।