२२ बैशाख २०८१, शनिबार
Follow Us

स्वीडेनमा एनआरएनए युरोपको १४ औ क्षेत्रीय सम्मेलन सुरु

नेपालब्रिटेन डट कम्
८ आश्विन २०७९, शनिबार १८:२६

लण्डन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १४ औ क्षेत्रीय बैठक स्वीडेनको स्टकहोममा सुरु भएको छ । शनिबारबाट सुरु भएको २ दिने सम्मेलनको श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

‘एनआरएनए अभियानको रुपान्तरणका लागि साझेदारी’ मूल नारासहित शूरु भएको सम्मेलनमा अध्यक्ष आचार्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब अर्याल, नेपाल उद्योग बाणिज्य महासंघका बरीष्ठ उपाध्यक्ष एबं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल, अर्थ मन्त्रालयका सहसचिब राजेश्वर ज्ञवाली, एनआरएनए आइसिसीका उपाध्यक्षहरु आरके शर्मा, नारायण आचार्य, दुर्गा आचार्य, एनआरएनए युबा उपाध्यक्ष राज रेग्मी, एनआरएनए उपमहासचिब रामशरण सिंखडा, सचिब गंगाधर गौतम, एनआरएनए मध्यपुर्ब संयोजक मनोज गोर्खाली, युरोप क्षेत्रिय संयोजक सन्तोष भट्टराई, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदी, एनआरएनए स्विजरल्यान्डका अध्यक्ष शुभ एलमार लामा, एनआरएनए क्यानडाका अध्यक्ष दिपक गौतमलगायत युरोपका विभिन्न एनसिसिका अध्यक्षहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सम्मेलनमा उपस्थित अतिथिहरुले कार्यक्रमको सफलताको शुभकामना दिदै सम्मेलनमा उठाईएका बिषयहरुका बारेमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा एनआरएनए स्वीडेनका अध्यक्ष राजकुमार पाठकले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । क्षेत्रीय उपसंयोजकद्धय दयानिधि सापकोटा र नवराज रोश्याराले सञ्चालन गर्नु भएको कार्यक्रम एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा युवा, महिला र विज्ञहरुका विभिन्न सेसनहरु हुनेछन भने विभिन्न एनसिसीहरुको प्रतिवेदन समेत प्रस्तुत गरिनेछ । साथै कार्यक्रमको निश्यकर्षसहित घोषणापत्र जारी गर्दै समापन गरिनेछ ।