५ जेष्ठ २०८१, शनिबार
Follow Us

एक ढिक्का भएर अघि बढौं : रविना थापा, कार्यकारी अध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७९, मंगलवार १३:०३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले संघ २० औं वर्षसम्म आइपुग्दा संघभित्र विभिन्न उत्तरचढाप आएको बताउँदै अब एक ढिक्का भएर अगाडि बढाउनुपर्ने बताइन्।

संघको २० औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल देशलाई एनआरएनएले संसारभर चिनाउन भूमिका खेलिरहेको बताएकी हुन्। झएनआरएनएको संजाल संसारभर छ। नेपाल देश भनेर थाहा नहुनेहरुले पनि एनआरएनएको माध्यमबाट नेपालबारे जानकारी पाएका छन् उनले भनिन्।

थापाले आफूहरुले नेपाललाई विश्वभर चिनाउन सहयोग गरिरहेको बताएकी छिन्।

नेपालको पर्यटन प्रबर्द्धनमा एनआरएनएले सहयोग पुर्याइरहेको उनको भनाइ छ। नेपालको पर्यटन प्रबर्द्धन र विकासमा सरकारसँग सहकार्य गर्न एनआरएनए तयार रहेको उनले बताइन्।