६ जेष्ठ २०८१, आईतवार
Follow Us

काँग्रेसमा अन्तर्घात गर्नेको विवरण १५ पुसभित्र पठाउन निर्देशन

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७९, आईतवार १२:२३

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरको चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गरेर १५ पुसभित्र विवरण पठाउन प्रदेश र जिल्लाको अनुशासन समितिलाई निर्देशन दिएको छ ।

आइतबार एक विज्ञप्ति जारी गरी काँग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।

यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन आग्रह गरिएको छ ।