२० जेष्ठ २०८०, शनिबार
Follow Us

बालबालिका ले अत्यधिक रुचाउने कार्टुन सिरिज

नेपालब्रिटेन डट कम्
१५ पुष २०७९, शुक्रबार १९:१६

काठमाडौँ। बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दि र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्। नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ को ट्रेलर सार्वजनिक गरिएको छ । एक मिनेट ३२ सेकेन्ड लामो ट्रेलरमा यिनी र मिनिको सस्पेन्स कथालाइ देखाउन खोजिएको छ। मुनाबाट मिनी बनेकी पात्र र उनको दुइ साथी र यिनिको कथा समाबेश कार्टुन सिरिज नेपालको अर्गानिक कार्टुन हो।

नेपाल नेटवर्क टेलिभिजन(एनएनटिभी)मा माघको दोश्रो साताबाट प्रशारणमा आउने कार्टुन सिरीज ‘यीनी र मिनि’ले कार्टुन हेर्ने दर्शकलाई थप मनोरंजन प्रदान गर्नेछ। प्रभावन जेको कन्सेप्टमा बनेको कार्टुन सिरिजको शृंखला निर्देशक नविन भट्ट हुन् भने आयो स्टुडियोले ग्राफिक्स र एनिमेसन गरेको छ। ‘यीनी र मिनि’ को पोस्ट प्रोडक्सन हेड रमेशमान श्रेष्ठ रहेका छन्।

डीएआर मुभिजको निर्माणमा बनेको कार्टुन यिनी मिनी संगै अन्य ३ वटा एनिमेटेड शो नेपाल नेटवर्क टेलिभिजन मार्फत प्रशारण गर्ने तयारी रहेको डीएआर मुभिजका संचालक सदस्य श्याम धितालले जानकारी दिए।

प्रतिक्रिया