ताजा खबर

हर्क साम्पाङलाई ५ हजार बढी मतको अग्रता

काठमाडौँ । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले लगातार मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मत परिणाम अनुसार साम्पाङले ५ हजार बढीको मतान्तर बनाएका छन्।

उनले १४ हजार ३५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गोमा तामाङले ८ हजार ८९० मत पाएका छन्। सुरुवाती मतगणनामा पछि परेका साम्पाङले पुनरागमन गर्दै लगातार अग्रता लिएका छन्।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले २ हजार २४२ मत प्राप्त गर्दा एमालेका टिका राम लिम्बूले १ हजार ९४९ मत पाएका छन्। यसअघि हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर थिए। संघीय निर्वाचनमा भाग लिन भन्दै उनले पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका थिए।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता