काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ६४ क्षेत्रमा विजयी भएको छ । आज साँझ ७ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले ५९ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७२ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली काँग्रेसले ९ क्षेत्रमा जित हासिल गरेको छ भने ९ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ले ३ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म एक उम्मेदवार विजयी भएका छन् भने छ स्थानमा अग्रता लिएका छन् । यस्तै,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक/एक स्थानमा विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।