१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
७ फाल्गुन २०७९, आईतवार ०७:११

काठमाडौं । चलचित्र ‘प्रेमा’ को पहिलो गीत सार्वजनिक भएको छ ।

आगामी चैत १७ गतेबाट प्रदर्शन हुन लागेको उक्त चलचित्रको ‘मन मनमा’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको हो । सार्वजनिक भएकाे उक्त गीतको भिडियोमा अभिनेत्री शुभेक्क्षा खड्का र अभिनेता अरुण क्षेत्रीबीच प्रेम अंकुराएको देखाइएको छ ।

चलचित्रमा शुभेक्क्षा सोझी युवतीको रुपमा चित्रित भएकी छन् । याे गीतलाई रिकेश गुरुङ र सुबानी मोक्तानले गाएका हुन् । चलचित्रको गीतमा अनिल शर्मा र सुशान्त गौतमको शब्द रचना तथा सुशान्त स्वयंको संगीत रहेको छ । यसअघि चलचित्रको टिजर निर्माण टिमले सार्वजनिक गरिसकेको छ ।

निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा अरुण, शुभेच्छा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । निर्देशक गोविन्दले विवेक घिमिरेसँग मिलेर ‘प्रेमा’ निर्माण गरेका हुन् ।

चलचित्रमा अरुण, शुभेच्छा र सृष्टिको अलवा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, महान थापा, रोशनी स्याङबो र प्रकाश बस्नेत लगायतको अभिनय रहेको छ ।