१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायतका चर्चित १० नेपालीको नाम सिफारिस् गर्नुहोस् !

नेपालब्रिटेन डट कम्
१२ फाल्गुन २०७९, शुक्रबार २०:३२

लण्डन । विगत १६ वर्षदेखि बेलायतबाट निरन्तर निष्पक्ष र स्वतन्त्र रुपमा समाचार र विचार सम्प्रेषण गर्दै आएको नेपालब्रिटेन डट कमले आफ्नो १६ औं वार्षिकोत्सव भव्यरुपले मनाउन तयारी गरेको छ ।

वार्षिकोत्सव समारोहमा बेलायतस्थित नेपाल समुदायका चर्चित १० जना समाजका अग्रजलाई ‘मिडिया प्रसनालिटी अफ दी एयर २०२३’ ले सम्मानित हुने व्यक्तिहरुको नाम सिफारिस गर्न आव्हान गरिएको छ ।

अनलाइनका प्रधानसम्पाद चिरन शर्माका अनुसार वेलायतमा रहेर बिभिन्न परोपकारी काममार्फत समाज सेवामा सक्रिय र नेपाललाई विदेशी भूमिमा चिनाउन योगदान गरेका व्यक्तिहरुको नाम पठाउन सकिनेछ । सर्वसाधारणहरुबाट समेत प्राप्त सुझावका आधारमा अन्तिम १० जनाको नाम चर्चित व्यक्तित्वको रुपमा सार्वजनिक गरिने छ ।

आफूले चाहेको व्यक्तिलाई सो सम्मानको लागि जोसुकैले पनि मनोनयको लागि नाम दिन सक्ने छन् तर वार्षिकोत्सव समारोहमा उपस्थित हुन नसक्ने, वेलायतमा सक्रिय संचारकर्मी, यसअघि सम्मानित व्यक्तित्व र कुनै सामाजिक संघसँस्थाको नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको व्यक्तिलाई सो सम्मानमा समावेश गरिने छैन् ।

कार्यक्रममा बेलायत तथा नेपालमा सक्रिय संचारकर्मीहरु, व्यवसायी तथा कलाकार, नेपाली दूतावास लण्डन, विश्वभर छरिएका गैरआवासीय नेपाली संघका प्रतिनिधिको कार्यक्रममा विषेश उपस्थिति रहनेछ ।

आगामी २१ मेमा हित्रोस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजना हुने १६ औं वार्षिकोत्सव समारोहमा सहभागिताका लागि अनलाइनले बेलायतस्थित नेपाली समुदायसँग अनुरोध गरेको छ ।

नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालले अनलाइनले सफलता पूर्वक १६ बसन्त पार गरेकोमा खुशी व्यक्त गरेका छन् । उनले बेलायतमा पहिलो पटक नेपाली भाषामा समाचार प्रकाशन गरेर व्यवसायिक पत्रकारित सुरु गरेको अनलाइनले लगातार समाचार पस्केर विश्वभरका नेपालीहरुको मन जित्न सफल भएको बताए ।

तपाईले बेलायतमा चर्चित व्यक्तित्वको रुपमा सम्मान गर्न चाहेको व्यक्तिको नाम तलको इमेल ठेगाना मार्फत सिफारिस गर्न सक्नुहुनेछ ।

E-email: [email protected]
Closing date: 10th March 2023