ब्रेकिङ न्युज

बिहे गर्न गोरखा जान्छुः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाहका लागि गोरखा रोजेका छन् । आगामी मंसिर १७ गते हुने विवाहमा उनले गुरुङ समुदायको मौलिक रीतिरिवाज, भेषभूषा र संस्कृतिलाई अपनाउने भएका छन् ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को १५औँ केन्द्रीय पार्षदसभामा उनले पार्टी प्यालेसको भव्य समारोहभन्दा गाउँमै परम्परागत शैलीमा विवाह गर्ने इच्छा सुनाए ।

विवाहमा अनावश्यक तामझाम र खर्च नगर्ने बताउँदै उनले सीमित व्यक्तिहरूलाई मात्रै सहभागी गराउने जानकारी दिए । पुर्खाको इतिहास र जातीय पहिचान जोगाउन गोरखामा विवाह गर्न लागेको उनको भनाइ छ ।

विवाह हुने क्षेत्रलाई भविष्यमा पर्यटन र वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्ने चाहना पनि उनले व्यक्त गरे । आफ्नो विवाहमा रास्वपा सभापति रवि लामिछानेलाई पनि निम्ता दिएको भन्दै उनले लामिछाने विवाह समारोहमा सरिक हुने विश्वास व्यक्त गरे ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम