१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपलीज ब्रिटिश कम्यूनिटी यूकेकाे रक्तदान कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७३, बिहीबार ०७:५४

लण्डन,
नेपलीज ब्रिटिश कम्यूनिटी यू के ( NBC U.K. ) ले आफ्नो वार्षिक र नियमित कार्यक्रमलाई निरन्तरता दिदै सातौ स्थापना दिवसको अबसरमा हिजो ग्रिन फोर्ड टाउनहल इलिंगमा ठुलो उपस्थितीका विच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
बेलायतमा केहि बर्ष यता विभिन्न सामाजीक र कल्याणकारी कार्यक्रमहरू गर्नमा अग्ग्रणी स्ंथानमा रहदै आएको उक्त सस्थाले हिजो गरेको रक्तदान कार्यक्रममा वर्तमान अध्यक्ष मिलन घिमिरे , निबर्तमान अध्यक्ष तथा सल्लाहकार कमलराज खनाल सचिब चुरामणी रेग्मी कोषाध्यक्ष ऋषि खनाल र सदस्यहरू समिर नाथ प्याकुरेल , बसन्त नेपाल , हरिभक्त न्यौपाने, भगवती रानाभाट, अन्जु सिग्देल ,प्रभु न्यौपाने , कृष्ण शर्मा, होमनाथ पौडेल, देब गुरूग लगाएत १३ जना सस्थाका सदस्य तथा शुभचिन्तक हरूले रक्तदान गर्नुभएको थियो।भने सो अबसरमा सुमन गुरूगले फोटो खिच्नेर र अन्य किसिमले सहयोग गर्नु भएको थियो।
सोहि दिन रक्तदान कार्यक्रम पश्चात सॉझ गोल्डन सिप रेस्टुरेन्टमा कार्यसमितीका सम्पूर्ण सदस्हरू र अधिकाम्स सल्लाहकारहरूको उपस्थितीमा अध्यक्ष मिलन घिमिरेको अध्यक्षतामा बसेको चौथो कार्य समितीको दोस्रो बैठकले रक्तदानमा भाग लिनुहुने र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै हरेक वर्ष रक्तदान कार्यक्रम लाई निरन्तरता दिने निर्णय गर्नुका साथै नयॉ बर्ष २०७४ लाई आगामी एप्रिल १५ शनिबारका दिन भव्य रूपमा मनाउने निर्णय गरेको छ।