१ श्रावण २०८२, बिहीबार
Follow Us

एनआरएनए यूरोप भेलामा चार दलका नेताहरु आउने

नेपालब्रिटेन डट कम्
९ बैशाख २०८०, शनिबार २२:१६

लण्डन् । गैरआवासीय नेपाली संघको मे महिनाको ५, ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने क्षेत्रीय बैठकमा नेपालका प्रमुख दलका नेताहरु आउने भएका छन् ।

सम्मेलन तयारी समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काका अनुसार नेपाली कांग्रेस नेता रमेश लेखक, नेकपा एमाले उपाध्यक्ष सुभाष नेंवाङ, नेकप माओवादी नेता खिमलाल देवकोटा, नेपाल स्वतन्त्र पार्टीका सांसद मनिष झा सो सम्मेलनमा भाग लिन आउने भएका हुन् ।

सो सम्मेलनमा एनआरएनए नागरिकता गैरआवासीय नेपाली संघका नियमित मुद्दाका अतिरिक्त यूरोप क्षेत्रमा नेपालीले भोगेका समस्या र समाधानको बारेमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनको तयारीका लागि क्षेत्रीय संयोजकद्धय सन्तोष भट्टराई र चिन्तामणी सापकोटाको संयोजकत्वमा एक समिति गठन गरिएको छ । सम्मेलनमा यूरोपमा रहेका करिब दुई दर्जन देशका प्रतिनिधिहरुको सहभागीता रहने अपेक्षा गरिएकोछ ।

सम्मेलनमा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, पत्रकारहरू, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कमिटीका केन्द्रिय अध्यक्षहरु, पूर्वअध्यक्षहरु, पत्रकारहरु र संस्थापकहरुको उपस्थिति रहनेछ ।

सो सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ चेकरिपब्लिकले लिएको छ ।

धेरै पढिएको