१३ बैशाख २०८१, बिहीबार
Follow Us

डाक्टरको सल्लाहमै राष्ट्रपति भारतमा : चिन्तन पौडेल

नेपालब्रिटेन डट कम्
११ बैशाख २०८०, सोमबार १९:४२

लण्डन । राष्ट्रपति रामचन्द्र पौडेलको उपचार भारतमा भैरहेको वेला बिभिन्न मिडियाले परिवारलाई जोडेर समाचार प्रकाशन गरे पछि उनको परिवारले खण्डन गरेको छ ।
राष्ट्रपति पौडेलका सुपुत्र चिन्तन पौडेलले सोमवार एक विज्ञप्ति मार्फत डाक्टरहरुको सल्लाहमा उनको भारतमा उपचार भैरहेको बताए ।

चिन्तनले ‘सामाजिक सन्जाल र केहि पत्रिकामा चलाइएको हल्ला अनुसार उनको उपचारमा सन्लग्न ।परिवारको सदस्यले भत्ता लिएको भन्ने सरासर झुटो आरोप हो । र कुनै भत्ता लिने मनसाय पनि नरहेको ‘बताएका छन् ।

चिन्तनले भनेका छन् ‘बिगत २५ दिन अघि असहज भएर काठमाडौंको टिचिङ अस्पतालमा उपचार भै ३ हप्ता सम्मको एन्टिबायोटिक औषधीले निको हुन नसकेपछि डाक्टरहरुकै सल्लाह बमोजिम रास्ट्रपतिज्युलाई भारतको नयाँ दिल्लिको सरकारी अस्पताल एम्सा उपचारको क्रममा हुनुहुन्छ ।
सामाजिक सन्जाल र केहि पत्रिकामा चलाइएको हल्ला अनुसार उहाँको उपचारमा संलग्न हामी परिवारको सदस्यले भत्ता लिएको भन्ने सरासर झुटो आरोप हो । र कुनै भत्ता लिने मनसाय पनि रहेको छैन ।
उनले नेपाल सरकारले उहाँको उपचारलाई मुख्य प्राथमिकतामा राखेकोले डाक्टरको सल्लाह अनुरुप उहाँको उपचार भैरहेकोमा अहिले निकै सुधार भएको पाइएको’ बताएका छन् ।