७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय स्वतन्त्र पार्टीले बेलायतमा बृहत भेला गर्ने, रवि लामिछानेले सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०८०, बुधबार ०४:१०

लण्डन । राष्ट्रिय स्वतन्त्र पार्टीले बेलायतमा बृहत भेला गर्ने भएको छ ।

आगामी आइतबार लण्डनको ह्यारोविल्डस्थित ब्लु रूम स्पोर्टस भेन्युमा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालप्रति आस्था, विश्वास अनि सदभाव राख्नुहुने यूके निवासी नेपालीहरुको बृहत भेला आयोजना गर्ने भएको हो।

रास्वपाका सभापति रबि लामिछानेले “भरर्चुअल” मार्फत बिशेष सम्बोधन गरिने उक्त कार्यक्रममा रास्वपा प्रबास नेपाली संपर्क विभाग यूकेको औपचारिक कार्यसमिति घोषणा गर्ने तयारी रहेको छ ।

यसअघि गत महिनाएक जूम बैठक मार्फत पिटरबरो निवासी सफल युवा ब्यवसायी तथा समाजसेवी पवन शर्माको सभापतित्वमा रास्वपा प्रबास नेपाली संपर्क बिभाग यूकेको ११ सदस्य कार्यसमिति घोषणा गरिएको थियो ।

उक्त बृहत भेलालाई रास्वपा उपसभापति डिपी अर्याल र सांसद तथा अर्थबिद डा स्वर्णीम वाग्लेले पनि सम्बोधन गर्ने बताइएकोछ ।