८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए विश्व युवा सम्मेलन अक्टोवरमा हुने

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०८०, आईतवार १९:०१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टोवरमा विश्व युवा सम्मेलन गर्ने भएको छ ।

संघका युवा उपाध्यक्ष राज रेग्मीका अनुसार संघको आगामी अक्टोवरमा हुने संघको ११ औं महाधिवेशनको अवसर पारेर संघले सो सम्मेलनको आयोजना गर्ने तयारी गरेको हो ।

यसैबीच गत साता सम्पन्न गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनले बिश्व युवा सम्मेलन विशेष गरी युवाहरुलाई उद्यमशील बनाउन जोड दिएको छ ।

गैरआवासीय नेपाली संघसँग युवा तथा दोश्रो पुस्तालाई अझ प्रभावकारी ढंगबाट जोड्न खेलकुद, भाषा तथा संस्कृतिलाई महत्वका साथ प्राथमिकतामा राखी संस्थागत रुपान्तरण र संघका दोस्रो पुस्तालाई जोड्ने उदेश्यले आगामी अक्टोबरमा काठमाण्डौंमा विश्व युवा सम्मेलन गर्ने सम्मेलनले निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका अर्का युवा उपाध्यक्ष रोशन थापाले संघको विश्व युवा सम्मेलनलाई सफल पार्न छिट्टै अवधारणपत्र जारी गरिने बताए । उनले सम्मेलनको तयारीको लागि जुट्न विश्वभरका युवाहरुलाई आब्हान गरेका छन् ।

संघका अर्का उपाध्यक्ष हिमाल गुरुङले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा भित्राउन सम्मेलन निकै उपयोगी हुने बताए । उनले विदेशमा बिभिन्न क्षेत्रमा कार्यरत युवाहरुलाई सो सम्मेलनमा भाग लिन आब्हान गरे ।