१५ चैत्र २०८०, बिहीबार
Follow Us

उपाध्यक्ष श्रेष्ठद्धारा एनआरएनए प्रोर्चुगलको कार्यालय उद्धघाटन

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८०, सोमबार १८:२५

लिस्वन । एकता र सहकार्यबाट मात्रै गैरआवासीय नेपाली संघको उद्देश्य प्राप्त गर्न सकिने संघको अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष महेश श्रेष्ठले बताएका छन् ।

गैरआवासीय नेपाली संघ प्रोर्चुगलको कार्यालयको आइतवार उद्धघाटन गर्दै गैरआवासीय नेपालीहरुबीच बढेको बेमेलका कारण जनता र सरकारले संघप्रति अविश्वास गरेको बताए ।

उनले आधिकारिक संस्था एउटै भए पनि संघप्रति असन्तुष्ट भई अलग रहेकाहरुलाई समेत समेट्न कार्यसमितिले अधिकतम् प्रयास गरिरहेको बताए। नेपाल र नेपालीहरुका हितका लागि सबैलाई एकअर्कामा हातेमालो गर्न पनि श्रेष्ठले आग्रह गरे ।

सोही सन्दर्भमा आगामी जुनको अन्त्यसम्ममा गैरआवासीय नेपाली संघको एकता टुंगिने संघका सचिव गंगाधर गौतमले बताए।

गैरआवासीय नेपाली संघ, पोर्चुगलले जनसम्पर्कलाई सहज बनाउन लिस्बनको आरोइसमा कार्यालय स्थापना गरिएको संघका अध्यक्ष रबीन अधिकारीले जानकारी दिए ।

उद्घाटन समारोहमा संघको युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप उपसंयोजक तिलक गैरे, युरोप युवा उपसंयोजक रोबोट लिम्बू, पूर्वअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, पर्यटनदूत रमेश गुरुङ, नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष हेम गुरुङलगायतको उपस्थिति रहेको थियो ।