१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरुको चरित्रहत्या गर्नु खेदजनक: जनसम्पर्क समिति बेलायत

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०८०, सोमबार १८:३८

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतले नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर नेपाली कांग्रेसका नेताहरुको नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

समितिका सभापति युवराज गुरुङले सोमबार एक विज्ञप्ति जारी गर्दै सरकारी निकायबाटै औपचारिक रुपमा छानविन शुरु भइसकेको अवस्थामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवा लगायतका नेताहरुमाथि विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा आधारहीन समाचार सम्प्रेषण गरी चरित्र हत्या गरिएको भन्दै खेद प्रकट गरेका छन् ।

‘यस प्रकरणमा बारम्बार विवादमा तानेर कांग्रेस नेताहरुमाथि व्यक्तिगत लान्छना लगाउने कामप्रति नेपाली जनसम्पर्क समिति बेलायत खेद प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनम्पर्क समिति सो प्रकरणको स्वतन्त्र र निष्पक्ष छानविन गरि दोषीमाथी कारवाही गर्न र 
निर्दोषलाई नफसाउन जोडदार माग गर्दछ ।’

नेपालीहरुलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने काम गर्नु अन्तराष्ट्रिय अपराध भएको जनाउंदै सभापति गुरुङले नेपाल र नेपालीलाई नै लज्जित बनाउने मानवता विरोधी कार्य हाल नेपालको न्याययिक निकायबाट छानविन शुरु भइसकेको स्मरण गराएका छन् ।

‘नेपाली कांग्रेसका नेता केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खांणले सो प्रकरणलाई प्रहरीमा रहेर छानविन गर्न सहयोग गरिरहनु भएको स्मरण गर्दै सबै विषयलाई कानून अनुरुप निराकरण गर्न अनुरोध गर्दछु’, विज्ञप्तिमा उल्लेख छ-‘नेपालमा हुने जुनसुकै पनि अनियमिता तथा भ्रष्टचारबिरुद्ध लड्नका लागि नेपाली कांग्रेस पार्टी लगायत समग्र नेपालीहरुलाई एक जुट भएर लाग्न अनुरोध गर्दछु ।’