१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अभियानमा बेलायतले शसक्त नेतृत्व दिनु पर्छ : प्राध्यापक सूर्य सुवेदी

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८०, सोमबार २१:१९

सबैलाई समेट्ने नेतृत्व आए पुनः एनआरएनएमा जोडिन्छु

लण्डन् । गैरआवासीय नेपाली संघमा सबै काम बिग्रीयो भन्ने मान्यता नराख्न आग्रह गरेका छन् । प्राध्यापक सुवेदीले आइतवार नेपालब्रिटेन डट कमको १६ औं वार्षिकोत्वस समारोहलाई सम्बोधन गर्दै हाल तलतिर लागेको संस्थामाथि ल्याउने अभियानमा सहयोग गर्ने नेतृत्व आएमा आफ्नो पूर्णरुपमा संस्थालाई सहयोग गर्ने बताए ।

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले बेलायतको समाजलाई सुसूचित गर्ने काम समाजसेवा र आफ्नो क्षमताको प्रदर्शन पनि भएको बताए।

‘नेपाललाई केही दिन नेपालमै बस्नु पर्दैन, यहाँ बसेर पनि सेवा गर्न सकिन्छ । आर्थिक मात्रै हैन बौद्धिक लगानी गर्न सकिन्छ, सीप प्रविधि लगानी गर्न सकिन्छ, थुप्रै ठाउं छ,’ उनले भने। एनआरएनएका एकजना संस्थापक रहेका प्रा सुवेदीले २०१५ देखि आफु सक्रिय नरहे पनि आफुले जन्माएको संस्थाको माया लाग्ने बताए।

उनले गैरआवासीय नेपाली संघको स्थापना बेलायतबाट भएको स्मरण गर्दै संघको आगामि नेतृत्व शसक्त रुपमा बेलायतले लिन सुझाव दिए । संघको नेतृत्वको लागि बेलायतबाट वर्तमान उपाध्यक्ष डा. हेम राज शर्माको नाम चर्चामा आएको सुनेर प्रसन्ता प्रकट गर्दै आगामी नेतृत्व बेलायतबाटै हुनु पर्नेमा जोड दिदै शुभकामना व्यक्त गरे ।
कम्बोडिया, इराक र इजिप्टको उदाहरण दिंदै उनले मुलुक अगाडि बढी रहेको छ। त्यसैले निराश नहुन र आशा वादी हुन सुझाव दिए।