१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए अमेरिकाको अध्यक्षमा डिलु पराजुलीको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०८०, आईतवार २१:२०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा डिलु पराजुलीले उम्मेदवारी दिने भएका छन् ।

पराजुलीले आइतवार आफ्नो सामाजिक संजाल फेसबुक टाइमलाइन मार्फत २०२३ – २५ कार्यकालको नेतृत्वका लागि आफ्नो उम्मेदवारी दिने निष्कर्षमा पुगेको घोषणा गरेका हुन् ।

उनले गैरआवासीय नेपालीका साझा चासो र सरोकारमा ठोस योजना सहित कार्यान्वयन गराउन तागत भएको व्यक्तिले मात्र एनआरएनए अमेरिकालाई थप उचाइ दिन सक्ने बताए ।

उनले गफ होइन काम, समर्पण र साथ–सहयोगले मात्र समाजको सुखदुखको सच्चा सारथि बन्न सकिने बताए । उनी वर्तमान कार्यसमितिको उपाध्यक्ष समेत हुन् ।