६ बैशाख २०८१, बिहीबार
Follow Us

नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार १२:१७

दाङ । दाङमा नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका– ३ की १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा उनीहरुलाइई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १८ वर्षीय दिलशान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका– ११ का २० वर्षीय जाबेद भन्ने जाविद खान छन् । साथै गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोर पनि पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।