३२ असार २०८२, बुधबार
Follow Us

एनआरएनए विवाद मिलाउन सिधै शेष घलेसंग वार्ता गर्ने तयारी

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०८०, बुधबार १९:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गर्न सिधै पूर्वअध्यक्ष शेष घलेसंग वार्ता गर्ने तयारी गरिएको छ ।

संघद्धारा गठित वार्ता समितिको बुधवार बसेको बैठकमा कार्यकारी अध्यक्ष डा. बद्री केसीले सिधै घलेसंग वार्ता गरेर विवादको अन्त्य गर्ने प्रस्ताव गरेका हुन् ।

पूर्वअध्यक्ष शेष घलेको नाम लिएर विभिन्न व्यक्तिहरुले आआफ्नो व्यक्तिगत आकांक्षाहरु बैठकमा प्रस्तुत गर्न लागे पछि कार्यकारी अध्यक्ष डा. केसीले सिधै घलेसंग वार्ता गर्न लागेका हुन् ।

गैरआवासीय नेपाली संघको उच्चस्रोतले भन्यो ‘यहाँ शेष घलेका प्रवक्ताहरु धेरै भेटिए, उनको चाहना के हो भन्ने विषयमा आधिकारीक रुपमा केही आएको छैन्, शेष दाईले यस्तो भन्नु भएको छ, उहांको यो चहाना छ’ भन्ने आधारमा सहमतिमा पुग्न सकिन्न् ।

संघका केही पदाधिकारीहरुले घलेको एजेण्ड बनेर संस्थाको विधानलाई कमजोर बनाउन लागेको आशंका गरेका छन् । घलेले यूरोप भ्रमणका क्रममा संघको एकता वा विभाजनमा आफुलाई कुनै चासो नभएको बताएका थिए । उनले संघभित्र एकता कायम रहे पनि एनआरएनए फाउण्डेशन जिवित रहेने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

वार्ता समितिको बैठकमा घलेको प्रतिनिधित्व गर्दै संघका अर्का अध्यक्ष कुल आचार्यले अनलाइन मतदान खारेज गरे घलेसंघको अभियानमा जोडिने आधारहिन प्रस्ताव पेश गरेका थिए । उनले अनलाइन मतदान खारेज गरेर काठमाण्डौंबाट मतदानको व्यवस्था गरे घले समूहसंग सहमति हुने बताएका थिए । तर संघका पूर्वअध्यक्ष शेष घलेले भिजन २०२० को अवधारणामा संस्थामा प्रविधिमैत्री बनाउन एमआईएस प्रणाली लागू गरेका थिए ।

यसअघि संघका महासचिव गौरीराज जोशीसंगको भेटमा घलेले सबै सदस्यहरुले अनलाइन मतदान गर्न पाउने वा काठमाण्डौंमा गएका प्रतिनिधिले मात्र मतदान गर्न दिए विवाद मिल्ने बताएको दावी गरिएको छ । तर घलेको माग औपाचारिक रुपमा पुष्टि हुन सकेको छैन् ।

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन आगामी अक्टोवर महिनामा काठमाण्डौंमा हुदैछ । सो अधिवेशनले संघको नयां नेतृत्व चयन गर्ने छ । नयां नेतृत्वको लागि डा. बद्री केसी, डा. हेम राज शर्मा, आरके शर्मा र महेश श्रेष्ठले आआफ्नो तयारी गरेका छन् ।

धेरै पढिएको