२३ बैशाख २०८१, आईतवार
Follow Us

बेलायत आउने यात्रुले १० पाउण्ड प्रवेश शुल्क तिर्न पर्ने

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०८०, बुधबार ००:०५

लण्डन । बेलायतले यात्रुहरूका लागि १० पाउण्ड प्रवेश शुल्क लिने घोषणा गरेको छ ।

बेलायतले बिधुतिय यात्रा नियोग (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) को लागि दुई वर्षको लागि स्टर्लिंग पाउण्ड १० अर्थात् लगभग १२.५० डलर लगाउने भएको समाचार सिएनएनले प्रकाशित गरेको छ

यो योजना सन् २०२४ को अन्त्यसम्ममा बेलायतमा प्रवेश गर्न प्रवेशाज्ञा नचाहिने व्यक्तिहरूका लागि लागु गर्ने योजना रहेको छ । संयुक्त राज्य अमेरिका र युरोपेली संघका नागरिकहरू सहितले यो वर्षको अन्त्यसम्ममा उक्त रकम तिर्नु पर्ने भएको छ ।