लण्डन । गैरआवासीय नेपाली संघ (यूके) को आगामी कार्यकालको लागि संघको इंल्याण्ड परिषदका अध्यक्ष एलबीजेड गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गुरुङले शुक्रवार साँझ लण्डनस्थित साउथह्यारोमा एक पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेका हुन् ।
गुरुङले संघको गिर्दो शाखलाई जोगान आफुले पूर्णरुपमा प्रयत्न गर्ने बताए। उनले लामो समय सम्मको योगदान र अनुभवका आधारमा आफुले उम्मेदवारी दिने निचोडमा पुगेको बताए ।
उनले आफु संस्थाको नेतृत्वमा पुगे पछि नेपालीहरूको साझा संस्थाको रूपमा सबैलाई एकताबद्ध गर्ने प्रतिबद्धता जनाए ।
गुरुङले यसअघि नै एनआरएनए एनसीसी यूकेमा एक कार्यकाल युवा संयोजक इङ्ल्याण्ड राज्य परिषदको उपाध्यक्ष रहेर काम गरि सकेका छन् ।
पत्रकार सम्मेलनमा मेजर कुमार गुरुङले नेपालीको लागि भावना अनुरुप देशको लागि सहयोग गर्न आग्रह गरे । उनले गैरआवासीय नेपाली संघ यूकेको नेतृत्व गर्न एलबिजेड गुरुङ अब्बल उम्मेदवार भएको भन्दै सहयोगको लागि अपिल गरे । उनले गुरुङले जिते पछि विदेशमा नेपालीहरुको पहिचानको लागि काम गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति युवराज गुरुङ्गले एनआरएनए यूकेको साधारण सदस्य देखी राज्यपरिषदको अध्यक्ष समालेका एलबीजेड संघको नेतृत्व लिन सक्षम उम्मेदवार भएको बताए । उनले संघको नेतृत्व गर्न अहिले चर्चामा रहेका सबै उम्मेदवार समक्ष रहेको बताउदै उनले उत्कृष्ट उम्मेदवार छान्न आग्रह गरे । उनले एलबीजेड गुरुङले संस्थाभित्र एकता कायम राख्न सक्ने क्षमता रहेको दावी गरे ।
कार्यक्रममा समाजसेवी उमेश मोक्तानले समेत शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संचालन विनय दाहालले गरेका थिए ।
गुरुङद्धारा जारी विज्ञप्तिको पूर्णपाठ
सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुँदै गर्दा र यसले लिएको उद्धेश्यबारे बुझ्दादेखि नै यो संस्था नेपाल र विश्वभरि रहेका नेपालीका लागि आवश्यक छ भन्ने पक्षमा थिएँ । विश्वभरि रहेका नेपालीलाई एउटै मालामा गाँस्ने, विभिन्न देशमा रहेका नेपालीका साझा समस्या समाधान गर्ने, नेपालको विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउन यो संस्था महत्वपूर्ण कडी हो भन्नेमा दुई मत थिएन ।
गैरआवसिय नेपाली संघको त्यही गरिमा र महत्वले छोएकै कारण, घरदेश र परदेशका निम्ति केही न केही गर्नै पर्छ भन्ने हुटहुटीका कारण म पनि बिस्तारै एनआरएनमा जोडिएको हुँ । एनआरएनमा जोडिँदा होस् वा यो संस्थसँग सुभेच्छा राख्दा मेरो पहिलो प्राथमिकता नेपाल र नेपालीलाई जोड्ने नै रह्यो ।
नेपालका प्रतिभा र क्षमतालाई बिस्तार गराउने, नेपाली लोक संस्कृति, पराम्परा र देशको सुगन्धदाई बिस्तार गर्ने काममा हामी सुरुदेखि नै क्रियाशील थियौं, छौं र रहिरहने छौं । करिब ८५ भन्दा धेरै देशमा बिस्तार भइसकेको र लाखौं गैर आवसीय नेपालीहरुसँग जोडिएको एनआरएनए आज कुन बाटोमा हिँडिरहेको छ ?
कसरी राजनीतिक स्वार्थ र प्रतिष्ठाको लडाईंले धुजाधुजा परेको छ ? गैरआवसीय नेपालीहरूका मुद्धा आज कसरी ओझेलमा परिरहेको छ ? गैरआवसीय नेपाली संघको नेतृत्व स्वास्थ्य समूहमा विभाजित हुँदा त्यसको फाइदा कसले उठाइरहेको छ ? यस्ता थुप्रै गम्भीर प्रश्न आज हाम्रा सामू छन् । तर, यो छुट्टै बहस र विमर्शको पाटो हो ।
एनआरएनए युकेको सदस्य यूवा संयोजक इन्ग्ल्याण्डको उपाअध्यक्षा र अहिले इन्ग्ल्यडको अध्यक्षा पदमा रहेर काम गर्ने अवसरलाई अत्यन्तै कुशसलता पूर्वक सक्दो बहन गरे र सिक्ने क्रम्मा धेरै तृटीफुटीहरू देखे संगठन भित्रको हरेक समस्या हरू लाइ मैले धेरै नजिक बाट बुझेर हेरेको छु ।
हाम्रो आफ्नै केन्द्रको समस्याहरू छन गोर्खाहरूको मुद्दा र नागरिक्ताको कुराहरू छन र अन्य केही मुद्दहरू पनि छन दुइ तर्फ फर्किएका एन आरएनए यूकेका कुराहरू छन यहाहरू सबैमा म मेरो आत्मसम्मान छ हामीहरू सबै एकजुटभयौ भने हाम्रो एजेण्डा र मुद्दाहरू पनि बलियो हुन्छ।
त्यसैले यो मेरो लामो समय सम्मको योगदान र अनुभव यस गरीमामया संस्थामा मैले ब्याथित गर्दै आए र म चाहन्छु सम्पुर्ण नेपालीहरूको साझ संस्थाको रूपमा सबैलाइ एकता बद्दा गर्न सक्ने नेतृत्वको लागी मैले यसै पत्रकार सम्मेलन मार्फत मेरो अध्यक्षा पदको उमेद्वावरी सम्पुर्ण यूके बासी नेपाली आम बुवा तथा दिदी बैनिहरू समक्क्ष आत्म बिश्वशको साथमा घोषण गर्दछु ।
र मलाइ पुर्ण बिश्वश छ यहाहरूको साथ सहयोग र सुभेक्षा सदा झै मिलीरहनेछन ।
म इन्ग्ल्यण्ड को अध्यक्ष पदमा रहदा कोरोना कहर, एनआरएनभित्रकै अन्योलता र थुप्रै समस्याहरुका बाबजुद पनि हामीले केही प्रयन्नहरु गर्यो । संस्था स्थपना हुनु र नेतृत्व लिनु मात्र ठूलो कुरा रहेनछ, ठूलो कुरा त त्यो संस्थाले के ग¥यो, नेतृत्व कतिको सक्षम बन्यो भन्ने रहेछ । यसप्रति हामी सचेत रहँदै भिषम परिस्थितिमा केही सत्कर्मको थालनी गर्यो ।
हामीले जिम्मेवारी लिँदै गर्दा संस्थामा बजेट र कुनै फन्डको कुरा त परै जाओस्, एउटा बैंक एकाउन्टसम्म थिएन । यस्तो परिस्थितिबाट हामीले काम थालेका थियौं । तथापी हामीले केही काम भने अवश्य गरेका र्छौं ।
१. नेपाल र नेपालीलाई जोड्ने, नेपालको प्रतिभा र लोकसंस्कृति, क्षमतालाई बिस्तार गर्न नेपाली मेलाले महत्वपूर्ण योगदान गरेको नेपाली मेलासँग सहकार्य गर्यो
२. वर्षौंदेखि उठिरहेको, गोर्खाहरुको मुद्दा र नेपालीसँग जोडिएको विषयम भएको आन्दोलनहरूमा हामीले ऐक्यवद्धतामात्रै जनाएनौं, सहकार्य र सधैं यस्ता मुद्धाहरूमा सँगै रहने प्रतिवद्धता जनायौ ।
३. वेब साइड खोलेका छौ। अझै परिमार्जित हुने क्रम चलिरहेको छ । भविष्यमा इन्ङल्याण्डको मेम्बरसिप फार्म यहीबाट सहज ढंगले बनाउन सकिने छ । संस्थाका महत्वपूर्ण जानकारी, हाम्रा योजना, उद्धेश्य र गतिविधि अब वेबसाइडबाटै सबैलाई जानकारी दिने गरी विकास गरिरहेका छौं ।
४. नयाँ पुस्तालार्इ हाम्रो चाडपर्वको हस्तान्तरण गर्दै संस्कृतिको संरक्षण र विकास गर्ने उद्धेश्यले दशैं विशेष कार्यक्रमलाई भब्य रुपले मनाएका छौं ।
५. लामो समय .सम्मको कोभिड १९ ले धेरैको घर परिवर र समाजलाई ठूलो संकटमा पार्यों । कतै एनजाइटिक त कतै डिप्रेशनको सिकार भएका घटनाहरु सार्वजनिक भए । यस्ता विषयलाई पनि मध्यनजर गर्दै जनचेतना कार्यक्रम मुलक कार्यक्रम गर्यौ । घरदेखि बाहिर पार्क गार्डेन अथव ट्रेडमिलमा ५ किलो मिटर दौडने जस्ताकुराहरूको जनचेतना फैलाउने अभियानलाइ अत्यन्तै सफल बनायौ ।
६. लगभग २ सय ७५ जना नेपाली दाजुभाइहरू अफगानिस्थानबाट रेडिङ सुइन्डन बर्मिघमको होटहरूमा ल्याएर राखेको भएता पनि केही लुगालत्ताको अत्यन्तै जरूरत भएको भन्ने बुझेर हामीले थोरै भए पनि हाम्रो सहयोग रह्यो
७. अहिले भर्खरै मात्र इंग्ल्याण्डको शाखा बिस्तार गर्ने क्रममा ६ वटा ठाउँमा कन्ट्री काउन्सिलको स्थापना भइसकेको छ ।
८. विश्वका ठूल्ठूला नेताहरूले सफा बातवरणको कुराहरू गरिररहँदा इन्ग्ल्यण्ड राज्यले पनि द एभरेष्ट म्यारथुनको कन्सेप्टलार्इ लिएर आगमी वर्षहरूमा म्यारथुन दौड प्रतीयोगिता गराउने योजना बुनिरहेको छ । जसले देशमा पर्यटन भित्राउन मद्दत पुग्ने छ
र उठेको रकम सगरमाथा लगायत महत्वपूर्ण हिमाल सफा राख्नको लागि सहयोग गर्ने योजनाका साथ प्रक्रिया अगाडि बढाएका थियौ तर केही असहज परिस्थिती श्रीजन भए पछी यी काम पुरा हुन सकेन ।
हामीले गर्नुपर्ने थुप्रै कामहरु छन्, हामीले ध्यान दिनुपर्ने थुप्रै विषयहरु छन्, सबै योजनाहरु सफल हुन सक्दैनन्, सबै सपनाहरु पनि पूरा हुन सक्दैनन् । निश्वार्थ र सबैको हित हुने भावनाले प्रयास गर्नु नै ठूलो कुरा हो भन्ने मान्यता राख्दछु ।
आजको प्रविधिको युगमा धेरै कुराले फड्को मारिसकेको छ तर त्यसलाई भरपूर प्रयोग गर्दै असल कामका लागि सत्प्रयास गर्नेतिरभन्दा आज नेपाली समाज नकरात्मक कुरामा रमाउन र अरुको आलोचना गरेर समय व्यतित गर्नेतिर लागिरहेको छ ।
सकेको ठाउँमा आफूले पनि सहयोग गर्ने र अरुको अस्तित्व स्वीकार्ने, सबैको सम्मान गरे आफ्नो पनि मान बढ्छ भन्न्ेतिर लाग्ने र हाम्रा साझा समस्याहरु समाधान गर्नेतिर ध्यान दिनुपर्ने आजको समय हो ।
घरदेशभन्दा पर बसेर व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, राजनीतिक खिचातानीभन्दा अलि परबाट सत्कर्मको बाटोमा सँगै हिँडौं, म हार्दिक अपिल गर्न चाहन्छु । अन्त्यमा हामीहरू संग धेरै समय छैन आजै देखी सदस्य बनेर सहयोग गरौ भन्दै बिदा हुन चाहन्छु धन्यबाद ।