२२ बैशाख २०८१, शनिबार
Follow Us

वालुवाटार सहमतिको एनआरएनए यूकेद्धारा स्वागत

नेपालब्रिटेन संवाददाता
३ असार २०८०, आईतवार ०६:४४

लण्डन । पूर्वअध्यक्ष शेष घलेद्धारा गठित गैरआवासीय नेपाली संघको विनोद कुंवर समूह र गैरआवासीय नेपाली संघबीच भएको सहमतिलाई गैरआवासीय नेपाली संघ यूकेले स्वागत गरेको छ ।

गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष सुनिल खड्काले पछिल्लो सहमतिले उत्साह थपेको भन्दै सहमतिको स्वागत गरेका हुन् । उनले बेलायतस्थित नेपाली समूदायलाई अव कुनै पनि दुविधामा नरहेर गैरआवासीय नेपाली संघ यूकेको सदस्यता लिनको लागि आग्रह गरेका छन् ।

दुवै समूहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व अर्थमन्त्री जनार्दन शर्मा र संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीको उपस्थितिमा आइतवार वालुवाटारमा सहमति भएको हो ।