२२ बैशाख २०८१, शनिबार
Follow Us

ओमानमा हुने एनआरएनए मध्यपूर्व सम्मेलनमा उपप्रधान तथा रक्षामन्त्री खड्का प्रमुख अतिथि

नेपालब्रिटेन संवाददाता
७ असार २०८०, बिहीबार ०३:४४

लण्डन । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का असार दोस्रो साता ओमन जाने भएका छन् । खड्का असार १३ र १४ गते ओमनको राजधानी मस्कटमा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा भाग सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खड्काको ओमन भ्रमण स्वीकृत गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उपप्रधान तथा रक्षामन्त्री खड्का ओमनमा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिकारुपमा सहभागी हुने जानकारी दिइन् ।

सम्मेलनमा सुरक्षित वैदेशिक रोजगारको नीति र अभ्यास, श्रमिक र उनीहरुको परिवारको स्वास्थ्य सुरक्षा, न्यायोचित भर्नाको प्रभावकारी कार्यान्वयन, शोषण र ठगीरहित वैदेशीक रोजगार लगायत विषयमा छलफल हुने जनाइएको छ ।

सम्मेलनमा ओमन, इराक, कतार, कुवेत, बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) स्थित एनआरएनका अध्यक्षसहितका पदाधिकारीहरु सहभागी हुनेछन् ।