२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए चेक गणतन्त्रको अध्यक्षमा बैकुण्ठ रायमाझीले उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
७ असार २०८०, बिहीबार ०३:५८

लण्डन । गैरआवासीय नेपाली संघ चेक गणतन्त्रको अध्यक्षमा बैकुण्ठ रायमाझीले उम्मेदवारी दिने भएका छन् ।

एनआरएनए चेकका पूर्व उपाध्यक्ष रहेको रायमाझीले आगामी जुलाई महिनामा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
उनले बुधवार एक विज्ञप्ति जारी गर्दै आफ्ना ८ बुँदे प्रतिबद्धताहरु अघि सारेका छन् ।

चेक गणतन्त्रमा नयां नेतृत्वको लागि १६ जुलाईमा निर्वाचन हुदैछ ।

यस्ता छन् रायमाझीका प्रतिबद्धता

अध्यक्ष पदमा उम्मेदवारी घोषणा ।
“सस्थागत रुपान्तरण, समाबेशी नेतृत्व, र आर्थिक पारदर्शिता,
दलिय स्वार्थ र दलाल प्रबृत्ति रहित एनआरएनए, आजको आवस्यकता ”

“गैर राजनितिक र समाबेशी समाज निर्माणमा मेरो प्रयास,
सामाजिक सद्भाव, एकता र भातृत्व विकासमा तपाईहरुको साथ ”

आदरणीय चेकबासी बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक नमस्कार ।

करिब १५ बर्षको मेरो चेक बसाई र सुरु देखीनै सामाजिक सेवाका सबै platform हरु, नेपाली चौतारी, INAS र एनआरएनए लगायत सबै forum हरु को अनुभव सँगै नेपाली समाजको हितमा रहेको मेरो सक्रियतालाई अझै बुलन्द रुपमा अघी बढाउने बिचार गरेको छु । एनआरएनएको पूर्ब कार्यसमिति सदस्य हुँदै उपाध्यक्षसम्मको मेरो अनुभब र कार्यकुशलताको निरन्तरता सहित सातौँ राष्ट्रीय अधिवेशन (July 9) र निर्वाचन (July 16) बाट आउने गैर आवासीय नेपाली संघ चेक गणतन्त्रको नयाँ कार्यसमिती २०२३-२०२५ को लागि अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्दछु । तपाईं हरुको सुझाव र सहयोगको अपेक्षा राख्दछु ।

“सस्थागत रुपान्तरण, समाबेशी नेतृत्व, र आर्थिक पारदर्शिता,
दलिय स्वार्थ र दलाल प्रबृत्ति रहित एनआरएनए, आजको आवस्यकता ।”

भन्ने नारा नै मेरो कार्यकालको स्पस्ट अबधारणा र मार्गदर्शन हो ! म काममा विश्वास गर्छु र गर्न नसकिने कुरा बोल्दिन ।
चेकमा गर्नै पर्ने र गर्न सकिने कार्यहरु र मेरो नेत्रित्व सहितको नयाँ कार्यसमितीले गर्ने सेवामुलक कामहरुको सुची बनाएको छु ।

१‍ Consular नियुक्ति / consular office खोल्न पहल गर्ने (e-passport लगायतका सुबिधा चेकबाट प्रदान गर्न मिल्ने गरी) ।
२. चेक सरकार र चेकमा रहेका नेपालसँग सरोकार राख्ने (नेपाली तथा बिदेशी) संस्थाहरुसंगको समन्वय गर्ने ।
३. चेक गणतन्त्रमा रहदा चाहिने सम्पूर्ण कानुनी बिषय (PR, immigration, working, study, maternity, medical insurance, tax आदी) बिषयमा अन्तर्कृया कार्यक्रम गर्ने र त्यस सम्बन्धी आवश्यक सामग्रीलाई नेपाली भाषामा पनि प्रकाशन गर्ने ।
४. उद्दमीहरु र company श्रमिकहरुको समस्या समाधानको लागि बिशेष समिती बनाउने । सबै श्रेणीका नेपालीलाई चेक श्रमबजारमा काम गर्न पाउने अवस्था बनाउन दुताबास र नेपाल सरकारसँग समन्वय गर्ने ।
५. सस्थागत पारदर्शिता (audit/right to information) र सस्थागत रुपान्तरण (free membership, online voting) लाई मुख्य मार्गदर्शन बनाएर अगाडी बढ्ने ।
६. सामुहिक लगानीका बिशेष कार्यक्रम ल्याउने र नेपाल सरकारसँग सम्झौता भएको लागि सामाजिक सुरक्षा (pension, medical allowance, आदी) का कार्यक्रम सफल पार्न पहल गर्ने ।
७. कला, संस्क्रीती तथा खेलकुदको माध्यमबाट युवा, महिला तथा बालबालिकालाई सकृय रुपमा सहभागी बनाउन बिशेष कार्यक्रम गर्ने र संस्थाका अभिभावकहरु/ सहयोगीहरुलाई सम्मान सँगै सामाजिक एकता र भात्रित्व बिकास गर्ने ।
८. कानुनी तथा परामर्श का कार्यक्रमलाई सस्थागत गर्ने र ठगीधन्दा गर्नेलाई निरुत्साहित गर्दै कानुनी दायरामा ल्याउने ।

“आउनुहोस सँगै हातेमालो गरौँ : Let’s do it together”

धन्यवाद ।

बैकुण्ठ बहादुर रायमाझी
पूर्व उपाध्यक्ष
अध्यक्ष पदको उम्मेदवार
२०२३ – २०२५ कार्यकाल, गैर आवासीय नेपाली संघ, चेक गणतन्त्र