२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए यूकेमा ३ हजार सदस्य पुगे, शुक्रवार साँझ सम्म सदस्य बन्न सकिने

नेपालब्रिटेन संवाददाता
७ असार २०८०, बिहीबार २१:४५

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको पंन्जिकृत सदस्य बन्नको लागि ३ हजार भन्दा बढीले आवेदन दिएका छन् ।

संघको सदस्यता भेरिफिकेशन समितिका संयोजक चिरन्जीबी ढकालका अनुसार विहिवार राती सम्म तीन हजार सात जनाको सदस्यता प्रमाणीकरण सकिएको छ । करिब ८ सय जना सदस्यहरुको आवेदन ड्राफ्टमा रहेको छ ।

जुलाई २३ तारिख हुने निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्नको लागि शुक्रवार साँझ सम्म सदस्य बनि सक्नु पर्ने एनआरएनए यूकेका अध्यक्ष शुनिलबाबु खड्काले जानकारी दिए ।

संघभित्रको लामो खिचातानीकाबीच तीन हजार जनाको सदस्यताको लागि आवेदन प्राप्त हुनुलाई सकरात्मक मानिएको छ ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले नेतृत्वलाई भन्दा संस्थाको उदेश्य हेरेर सदस्यता लिन आग्रह गरे ।

उनले ‘जस्तो उताउ चढाब आए पनि नागरिकता, सम्पत्तिको सुरक्षा, विदेशबाट मतदानको व्यवस्था, सामाजिक सुरक्षा, भावी पुस्तालाई नेपालको सामीप्यमा राख्न एनआरएनएको सदस्य बनेर ऐक्यबद्धता जनाउन आब्हान गरे’ ।