लण्डन । गैरआवासीय नेपाली संघ यूकेका अध्यक्षका प्रत्यासीबीच आज विषेश संवाद हुने भएको छ ।
नेपालब्रिटेन डट कम मार्फत आज सांझ बेलायती समय ७ बजे अध्यक्षमा ५ जान आकांक्षीहरुबीच अन्तरक्रिया हुने भएको छ ।
नेपालब्रिटेन डट कमको फेसबुक पेजमार्फत हुने सो कार्यक्रममा दिनेश घिमिरे, डा. नारायण कंडेल, एलबीजेड गुरुङ, हितकाजी गुरुङ र हेन्सन गौचन अतिथि रहने छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन तथा उम्मेदवारहरुका भावि योजनाका बारेमा चर्चा हुने बताइएको छ ।
गैरआवासीय नेपाली संघ यूकेको निर्वाचनको लागि २ जुलाईमा उम्मेदवारी दर्ता र २२ जुलाईमा निर्वाचन हुने कार्यतालिका तय भएको छ ।