२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूकेको ७१ पदमा शनिवार मनोनयन दर्ता, उम्मेदवार भेट्नै मुस्किल

नेपालब्रिटेन संवाददाता
१४ असार २०८०, बिहीबार २१:२२

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको जुलाई २२ तारिख हुने निर्वाचनमा ७१ पदको लागि शनिवार मनोनय हुने भएको छ ।
संघको निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालका अनुसार ४ राज्यपरिषद र ४ जना आइसीसी सदस्य सहित जम्मा ७१ पदको लागि निर्वाचन समितिले दर्खास्त माग गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि जुलाई १ तारिखमा उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेद्वारी दर्ता बिहान ९ बजे देखि दिउसो ३ बजेसम्म अनलाइनमार्फत गर्नुपर्ने छ।

अन्तिम नामावली प्रकाशित भइसकेकाले अब उम्मेदवार मनोनयनको तयारीमा निर्वाचन समिति रहेको प्रमुख निर्वाचन आयुक्त चिरञ्जीवी ढकालले जानकारी दिए ।

२३ जुनमा सार्वजनिक गरिएको मतदाता सूचीअनुसार एनआरएनए युकेको नयाँ नेतृत्व चयनका लागि ४ हजार १ सय ८३ जना सदस्यले मतदानामा भाग लिन पाउने छन् ।

जुलाई २२ तारिखमा हुन लागेको निर्वाचनका लागि शनिबार जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ताको समय तोकिएको छ । विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने प्रमुख निर्वाचन आयुक्त ढकालले बताए ।

उम्मेदवारको पहिलो नामावली जुलाई २ तारिख दिउँसो १ बजे प्रकाशित हुने छ भने उम्मेदवारीमाथिको दावी विरोध सोही दिन साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ताको समय ४ जुलाईको १ बजेसम्मलाई तोकिएको छ भने सोही दिन साँझा ५ बजे उम्मेदवारको अन्तिम नावमाली प्रकाशन हुने छ ।

निर्वाचनको मतदान भने जुलाई २२ मा बिहान मध्यरातदेखि साँझ ६ बजेसम्म्का लागि तोकिएको छ । मतदाताले अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

उम्मेदवार पाउनै मुस्किल

संघको अध्यक्ष पदको लागि आकांक्षीहरु अहिले आआफ्नो प्यानल बनाउने तिर लागेका छन् । संघप्रति समाजको निरासा, आन्तरिक विवाद र चर्को उम्मेदवारी शुल्कका कारणले सबै पदमा उम्मेदवारी पर्ने सम्भवना कम हुदै गएको छ ।

यसअघि कार्यसमितिमा उम्मेदवार बन्नका लागि निर्वाचन समितिले शुल्क पनि तय गरिसकेको छ । अध्यक्षका लागि १५ सय पाउन्ड निर्धारण गरिएको छ भने उपाध्यक्ष र महासचिवका उम्मेदवारले ११ सय पाउन्ड तिर्नुपर्ने छ । यसैगरी सचिव, कोषाध्यक्ष विभिन्न संयोजकहरुले ८५० पाउन्ड तिर्दा सहकोषाध्यक्षको उम्मेदवार बन्नेले भने ८ सय पाउन्ड तिर्नुपर्ने छ । यस्तै, सदस्य पदमा उम्मेदवार बन्नेले ४५० पाउन्ड तिर्नुपर्ने छ । यस्तै राज्यपरिषदको अध्यक्षको लागि ४५० पाउण्ड तोकिएको छ । संघको स्टकल्याण्ड, वेल्स, आयरल्याण्ड र इंल्याण्ड राज्य परिषदको लागि समेत निर्वाचन हुदैछ ।

आइसीसी सदस्यमा ४ जनाको लागि निर्वाचन हुने
संघको विधान अनुसार ४ हजार सदस्य कटे पछि संघको केन्द्रीय समितिमा यूकेबाट ४ जनाले प्रतिनिधित्व गर्न पाउने भएका छन्। उनीहरुको लागि समेत शनिवार उम्मेदवारी दर्ता गरिने निर्वाचन समितिले जनाएको छ । आइसीसी सदस्यको लागि शुनिल खड्का, महेश अधिकारी, दीपक श्रेष्ठ, मोहन कार्की, चन्द्र गुरुङ, नारायण फुँयाल, कमल भण्डारी लगायतको नाम चर्चामा छ ।