२१ बैशाख २०८१, शुक्रबार
Follow Us

Update: एनआरएनए यूके निर्वाचन : अध्यक्षमा ४ उम्मेदवारी, अधिकांश पद निर्विरोध (नामावली सहित)

नेपालब्रिटेन संवाददाता
१६ असार २०८०, शनिबार १७:१०

लण्डन । गैरआवासीय नेपाली संघ यूकेको २२ जुलाईमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

एनआरएनए यूकेको निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालका अनुसार अध्यक्षमा दिनेश घिमिरे, हितकाजी गुरुङ, एलबिजेड गुरुङ र नारायण कंडेलको उम्मेदवारी परेको छ ।

संघको ४ आइसीसी सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको छ । सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा. सुनिल शाहको उम्मेदवारी परेकोे छ ।

यस्तै संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रविन्द्र कंडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाको उम्मेदवारी परेको छ । राज्य परिषदमा लिलाराम निउरे (आयरल्याण्ड) कृष्ण प्रसाद भण्डारी (वेल्स), र मनिष खरेल (स्कटल्याण्ड) छन् । यस्तै, १ महिला उपाध्यक्षमा सपना खनियाको उम्मेदवारी परेको छ । वेल्स, स्कटल्याण्ड र आयारल्याण्डमा उपाध्यक्ष पदमा निर्विरोध भएको छ ।

यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालले उम्मेदवारी दर्ता गराए । कोषाध्यक्षमा विष्णु खरेलको मात्र उम्मेदवारी परेको छ । २ सचिवमा सरोज थापा र तिलक भट्टराईले नाम दर्ता गरे ।

सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माको उम्मेदवारी परेको छ। महिला संयोजकमा रोजिना गुरुङको मात्र उम्मेदवारी परेकोछ ।

युवा संयोजकमा विकास नेपाल र सुजित शाहिले उम्मेदवारी दर्ता गरे । यस्तै १२ कार्यसमिति सदस्यको लागि ९ जना मिलन केसी, गंगा बहादुर क्षेत्री, पम्फा क्षेत्री (बिनिता बस्नेत), नारायण गिरी, मन बहादुर राई, सन्दीप पुडासैनी, मोहन ओली, राम थापा, र काजीराज बोहोराको उम्मेदवारी परेको छ ।

एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा कसैको पनि निर्वाचन नपरेको निर्वाचन समितिले जनाएकोछ । निर्वाचन समितिले आजै पहिलो नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।