लण्डन । गैरआवासीय नेपाली संघ यूकेको २२ जुलाईमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष पदको लागि उम्मेदवार एलबिजेड गुरुङले बुधवार आफ्नो उम्मेदवारी फिर्ता लिए पछि दिनेश घिमिरे, हितकाजी गुरुङ, र नारायण कंडेलबीच निर्वाचन हुने भएको हो ।
संघको ४ आइसीसी सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको छ । सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा. सुनिल शाहको उम्मेदवारी परेकोे छ । निर्वाचन समितिले तोकेको समय बुधबार साँझ सम्म एक जनाले पनि उम्मेदवारी फिर्ता नलिए पछि ६ जना उम्मेदवारनै चुनावमा जाने भएका हुन् ।
यस्तै संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, रविन्द्र कंडेल, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाबीच निर्वाचन हुने भएको छ ।
राज्य परिषदमा लिलाराम निउरे (आयरल्याण्ड) कृष्ण प्रसाद भण्डारी (वेल्स) निर्विरोध निर्वाचित भए । यस्तै स्कटल्याण्डको उपाध्यक्षमा मनिष खरेल र रामप्रसाद बगालेबीच निर्वाचन हुने भएको छ । यस्तै, १ महिला उपाध्यक्षमा सपना खनिया निर्विरोध भइन् ।
यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालबीच निर्वाचन हुने भएको छ । कोषाध्यक्षमा विष्णु खरेल निर्विरोध निर्वाचित भए । २ सचिवमा सरोज थापा र तिलक भट्टराई निर्विरोध भए । सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माबीच निर्वाचन हुने भएको छ । महिला संयोजकमा रोजिना गुरुङ निर्विरोध भइन् ।
युवा संयोजकमा विकास नेपाल र सुजित शाहिबीच निर्वाचन हुने भएको छ। यस्तै १२ जना कार्यसमिति सदस्यमा ९ जनाको मात्र उम्मेदवारी परे पछि सबै जना निर्विरोध निर्वाचत भए । निर्विरोध निर्वाचित हुने सदस्यहरुमा मिलन केसी, गंगा बहादुर क्षेत्री, पम्फा क्षेत्री (बिनिता बस्नेत), नारायण गिरी, मन बहादुर राई, सन्दीप पुडासैनी, मोहन ओली, राम थापा, र काजीराज बोहोरा रहेका छन् ।
एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा कसैको पनि निर्वाचन नपरेको निर्वाचन समितिले जनाएकोछ ।
यस्तै. इंल्याण्ड राज्यपरिषदको अध्यक्षमा शम्भु प्रसाद अर्याल र शन्तोष कुमार सुवेदीबीच निर्वाचन हुने भएको छ । इंल्याण्ड राज्यपरिषदको उपाध्यक्षमा देउमान इजम र सचिव अन्जु कुंवर निर्विरोध निर्वाचत भए ।
यस्तै आयारल्याण्ड राज्यपरिषदमा सबै पदमा निर्विरोध भएको छ । अध्यक्ष बल बहादुर थापा, उपाध्यक्ष छमा रेग्मी, सचिव पूर्णश्वर कंडेल र सदस्यहरुमा भूमिश्वर सापकोटा र सल्मा श्रेष्ठ निर्विरोध भए ।
स्कटल्याण्ड राज्यपरिषदको सबै पदमा दोहोरो प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा दिवाकर पाण्डे र उज्वल कार्की, उपाध्यक्षमा प्रजापति शर्मा र कमल श्रेष्ठ सचिवमा मोतिलाल खरेल र रामप्रसाल कंडेल, सहसचिवमा भूपाल कार्की र भोजराज खरेलबीच निर्वाचन हुने पक्का भएको छ । कोषाध्यक्षमा बासुदेव पोखरेल र सहकोषाध्यक्षमा कल्याण अर्याल निर्विरोध निर्वाचित भए । कार्यसमितिको ४ पदमा ८ जनाको उम्मेदवारी कायम रहे पछि सबै पदमा निर्वाचन हुने भएको छ । सदस्यहरुमा सागर पाण्डे, झपेन्द्र सापकोटा, मनोहरी सापकोटा, बि. राज ढुंगेल, जीवालाल भण्डारी, पवित्रा भण्डारी, तुल्सीराम न्यौपाने र स्वस्थितमा खड्का छन् ।
गैरआवासीय नेपाली संघ यूकेको कार्यसमितिको लागि २२ जुलाईमा अनलाइन मार्फत निर्वाचन हुदैछ ।