२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए यूके निर्वाचनः आईसीसी सदस्यमा मोहन कार्कीको चर्चा

नेपालब्रिटेन संवाददाता
२९ असार २०८०, शुक्रबार १४:४६

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको जुलाई २२ मा हुने निर्वाचनको माहौलसँगै आईसीसी सदस्य पदका उम्मेदवार मोहन कार्कीको नाम चर्चामा रहेको छ ।

समाजसेवी, स्पष्ट वक्ता, निडर व्यक्तित्व मोहन कार्की एनआरएनए युकेको एक सुपरिचित नाम हो । एनआरएनए युकेको दुई कार्यकाल उपाध्यक्ष, एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष समेत रहेका कार्की विभिन्न सामाजिक संस्थाहरूमा समेत आबद्ध छन् ।

फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष समेत रहेका कार्की दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्ष समेत रहनेका छन् ।

एनआरएनए युकेको निर्वाचनमा प्रमुख पदहरुमा प्यानल बनेपनि सबैका प्रिय मोहन कार्की आईसीसी सदस्य पदमा साझा उमेदवारको रुपमा चिनिएका छन् ।

आईसीसी सदस्य उम्मेदवार कार्की विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध हुनुका साथै व्यक्तिगत रुपमा नेपालमा विभिन्न सामाजिक संस्थाहरू, विद्यालयहरू एवम आपत विपत पर्दा सहयोग गर्न निकै अग्रसर हुन्छन् ।

हालै महावीर पुनको नेपाल आविष्कार केन्द्रलाई व्यक्तिगत रुपमा दुई लाखभन्दा बढी सहयोग गर्नुका साथै स्कटल्याण्डका विभिन्न ठाउँहरूबाट संकलन २० लाखभन्दा बढी सहयोग संकलन गर्न उनको ठूलो योगदान रहेको थियो ।

नेपालमा भूकम्प आउँदा उहाँले व्यक्तिगत र संस्थागत रुपमा दश लाखभन्दा बढी सहयोग गरेका थिए । साथै, कोभिड महामारीमा एनआरएन युकेको तर्फबाट अक्सिजन कन्सन्ट्रेटरहरु नेपालका विभिन्न अस्पतालहरूमा हस्तान्तरण गर्न र सहयोग जुटाउन एनआरएन युकेको उपाध्यक्षको रुपमा उनको अग्रणी भूमिका रहेको थियो ।

यसबाहेक कार्कीले छोरीको नाममा राजभिका फाउण्डेसन स्थापना गरेर विद्यालयहरूमा अक्षय कोषहरू स्थापना गरेका छन् ।
विशेष गरेर स्कटल्याण्डका नेपालीहरूलाई इमिग्रेसन र कानुनी समस्या पर्दा उनी अग्रसर हुन्छन् ।

एनआरएनए युकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजक रहेका कार्कीले गैर आवासीय नेपालीलाई नागरिकता निरन्तरको विषयमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू र उच्च पदस्थ अधिकारीहरूलाई संस्थागत रुपम र व्यक्तिगत रुपमा लबिङ गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा उच्च पदाधिकारीसहित कोप–२६ को सम्मेलनमा स्कटल्याण्ड आउनुहुँदा कार्कीले दोहोरो नागरिकताको विषयमा गहन छलफल गरेका थिए ।

नेपालमा गएर तत्कालीन गृहमन्त्री, कानुन मन्त्री, परराष्ट्र मन्त्रीहरूलाई ज्ञापनपत्र समेत पेश गरे । कार्कीकै संयोजनमा एनआरएनए युकेको आयोजनमा गैर आवासीय नागरिकताको विषयमा नेपालबाट मन्त्री, सांसदहरू आउँदा पटकपटक छलफलहरू समेत भएका थिए ।