२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए बेल्जियममा नातिपुस्ताको बर्चश्व !

नेपालब्रिटेन संवाददाता
५ श्रावण २०८०, शुक्रबार ०१:४७


कार्यसमितिमा १६ जना महिला

लण्डन् । गैरआवासीय नेपाली संघ बेल्जियमकी नवनिर्वाचित महासचिव रुविना शर्मा उमेरले पच्चीसमा पुगिन् । उनले १८ वर्षमै संघको पंन्जिकृत सदस्य लिएकी थिइन् । उनले गैरआवासीय नेपाली संघका केन्द्रीय नेताहरु हजुरवापुस्ताको रहेको दावी गर्छिन् । उनका बाबुआमा चालिसका हाराकारीका छन् ।

संघको नयां निर्वाचित कार्यसमितिको सदस्य विक्की मल्ल बल्ल २० वर्ष नाघे । कार्यसमितिकी अर्की सदस्य दीपिका केसी पनि २० वर्ष वरिपरीकी छन् ।

लुभेनमा स्नातक तहमा अध्ययनरत रोशन गौतम पनि वर्तमान कार्यसमितिमा भित्रिएका छन् । ५० वर्ष काटेका उनका बाबु गंगाधार गौतम अहिले संघको केन्द्रीय सचिव हुन् । २६ वर्ष नाघेका सुदिप चौधरी पनि एनआरएनए बेल्जियम कार्यसमितिको सदस्यमा पुगेका छन् ।

गैरआवासीय नेपाली संघकी अभियान्त अनुजा प्रधानले तेस्रो पुस्तालाई कार्यसमितिको सदस्य बनाउन पहल गरेकी थिइन् । गैरआवासीय नेपाली संघको अभियानमा बढ्दो वितृष्णाकाबीच नयांपुस्ताको आगमन स्वागतयोग्य भएको प्रधानले बताइन् । उनले अबको भविष्य नयांपुस्ताको काँधमा पुगेको बताइन् ।

लुभेनमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । सापकोटा पनि ५० पुगेकी छन् । कार्यसमितिमा एक दर्जन नयांपुस्ता पुगेका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियममा उदयमान महासचिव शर्माले आफुले अधिकांस नयांपुस्तालाई पंन्जिकृत सदस्य बनाएको बताउछिन् । उनले संघको कार्यसमिति युवा र अनुभविपुस्ताको समिश्रण भएको बताइन् ।

अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको थियो । कार्यसमितिमा महत्वपूर्ण पदसहित १६ जना महिला निर्वाचित भएका छन् ।

समितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिबासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई, महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ र इश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भए ।

यस्तै महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ, ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित भए ।

सदस्यहरुमा अशोका केसी, सिता दाहाल, सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दीपिका केसी, विनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य र रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै आईसीसी सदस्यत्रयमा भिम सुबेदी, मदन दवाडी र हरी भट्टराई चयन भएकी छन् ।

कार्यसमिति महिलाको बाहुल्यता
३३ सदस्सीय कार्यसमितिमा अध्यक्ष र महासचिव लगायतका महत्वपूर्ण पद महिलाहरुले ओगटेका छन् । कार्यसमिति मध्ये १५ जना महिला छन् ।