२२ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपाली संघ न्युजिल्याण्डको अध्यक्षमा केसी निर्विरोध

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८०, सोमबार ०८:०२

लण्डन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्बिरोध निर्वाचित भएका छन् ।

त्यसैगरीको संस्थाको उपाध्यक्षमा डा. अच्युत अर्याल (नर्थ आइसल्याण्ड), टिकाराम गिरी (साउथ आइसल्याण्ड), महासचिवमा अप्रिल अर्याल, सचिवमा नरहरि बसेल ‘कमल’ (नर्थ आइसल्याण्ड) र मिलन जिसी (साउथ आइसल्याण्ड) र कोषाध्यक्षमा बिमला पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी परिषद्को अध्यक्षहरुमा इन्द्र बहादुर सुनार, कुमार लिम्बु, पुष्कर राज सिलवाल, रामहरि पाण्डे, समिर श्रेष्ठ, टिकाराम राई र यमलाल राजु ढकाल निर्वाचित भएका छन् । त्यसैगरी संघको आइसीसी सदस्यमा भक्त सिवाहाङ चयन भएका छन् ।