८ असार २०८१, शुक्रबार
Follow Us

तेल भिसा फिल्म बन्ने

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८०, मंगलवार १४:१९

काठमाडौं । अमेरिकामा रहेकी नेपालीहरुले सुत्केरी स्याहार्नको लागि आफ्नो बुबा आमा तथा सासु ससुरा बोलाउने चलन छ । यसरी सुत्केरी स्याहार्न जानेहरुलाई तेल भिसामा अमेरिका गएको बताइन्छ । तेल भिसामा अमेरिका गएकाहरु केही महिना बसेर आफ्नो छोरी तथा बुहारीसँगै नाती नातिना स्याहारेर नेपाल फर्कने गर्छन ।

यसरी सुत्केरी स्याहार्न जानेहरुको कथा अब नेपाली चलचित्रमा हेर्न पाईने भएको छ । यही कथामा चलचित्र निर्माणको घोषणा गरेको शंकर घिमिरेले चलचित्रको नाम नै ‘तेल भिसा’ राखेका छन् ।

चलचित्रको मुख्य अभिनेतामा उनले विपिन कार्कीलाई अनुबन्धित गरेका छन् । बिगत एक दशक भन्दा लामो समयदेखि अमेरिका बस्दै आएका निर्देशक घिमिरे यही चलचित्र निर्माणको लागि यतिबेला काठमाडौंमा छन् ।

यो चलचित्रको लागि बिपिनले कात्तिकमा मात्र समय दिएपछि अब आफ्नो चलचित्र कात्तिकबाट सुरु हुने निर्देशक घिमिरेले बताएका छन् ।