२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए क्यानाडा निर्वाचन : आइसीसी सदस्यमा विशाल घिमिरेको चर्चा

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८०, आईतवार ०७:२५

लण्डन । गैरआवासीय नेपाली संघ (क्यानाडा) को आज (आइतवार) हुने निर्वाचनमा ४ आइसीसी पदको लागि ६ जनाको उम्मेदवारी परेको छ ।
आइसीसी सदस्यमा भानु शिवाकोटी, भुवन खराल, रिसीराम गैरे, हेमराज पाण्डे र सुरेन्द्र सुवेदीको उम्मेदवारी परेको छ ।

१५ वर्ष देखि एकाउण्टेन्ट पेशाका सकृय विशाल घिमिरेले अहिले चर्चाको शिखरमा छन् । उनी संघको २०२१¬– २३ कार्यसमितिको बोर्ड मेम्बर समेत हुन् । स्थानीय सामाजिक संघसंस्थामा सकृय घिमिरेले यसअघि संघको केन्द्रीय कार्यदलमा समेत काम गरेको अनुभव छ ।

एनआएनए क्यानाडाको अध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । माधव दुलाल, लक्ष्मण अधिकारी र डा. लक्ष्मी पाठकबीच निर्वाचन हुदैछ ।