१६ बैशाख २०८१, आईतवार
Follow Us

महिला विश्वकपमा आज समूह चरणका अन्तिम दुई खेल

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८०, बिहीबार ०४:५५

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । दुवै खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे सुरु हुने छन् ।

समूह ‘एच’ अन्तर्गत एचबीएफ पार्क पर्थमा मोरक्को र कोलम्बिया प्रतिस्पर्धा गर्दैछन् । कोलम्बियाले कोरियालाई २-० ले पराजित गर्दै विश्वकपको सुरुवात गरेको थियो भने दोस्रो खेलमा जर्मनीलाई २-१ ले स्तब्ध बनाएको थियो । उसलाई समूह एचको विजेता बन्दै अघिल्लो चरणमा पुग्न बराबरी नतिजा नै पर्याप्त हुनेछ ।

अर्कोतर्फ मोरक्कोले जर्मनीसँग ६-० को फराकिलो हार र कोरियाविरुद्ध १-० को जित निकालेको थियो । पहिलो पटक विश्व कप खेलिरहेको कोलम्बियालाई नटआउट चरणमा पुग्न जित बाहेकको विकल्प छैन ।

यस्तै सनकर्प स्टेडियममा समूह ‘एच’ को अर्को खेलमा कोरिया र जर्मनी प्रतिस्पर्धा गर्नेछन् । इसियार्ला टोली कोरिया अन्तिम १६ को दौडबाट बाहिरिसकेको छ भने जितसहित स्पष्ट ३ अंकले जर्मनीको अघिल्लो चरणमा मार्ग प्रसस्त गर्ने छ ।

कोलम्बिया २ खेलमा दुवैमा जित हात पार्दै ६ अंकसहित यस समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको जर्मनीको समान खेलमा ३ अंक छ । तीन अंकसहित मोरक्को तेस्रो स्थानमा छ भने अंकविहीन कोरिया समूहको पुछारमा छ ।

जारी विश्वकपको अन्तिम १६ मा पुग्ने १४ वटा टोलीको टुंगो लागिसकेको छ भने आजका खेलहरुबाट अन्तिम २ टोलीले नकआउट चरणमा प्रवेश पाउने छन् । ३२ राष्ट्र सहभागी यस विश्वकपमा ८ वटा समूहमा विभाजन गरिएको थियो ।