१५ बैशाख २०८१, शनिबार
Follow Us

दिनेश जोशीद्वारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने तयारी

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८०, सोमबार ०४:११

लण्डन्। गैर आवासीय नेपाली संघ .(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्षमा दिनेशराज जोशीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय रहँदै आएका जोशी वर्तमान एनआरएनए ओसीयाना रिजनका क्षेत्रीय संयोजक, पूर्व अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य र एनआरएनए अष्ट्रेलियाको सल्लाहकार समेत हुन ।

तनहुँ समाज अष्ट्रेलियाका वरिष्ठ सल्लाहकार रहेका जोशी नेपाली कांग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक पनि हुन।

जोशीले चाडै औपचारिक रुपमा उम्मेदवारी घोषणाको तयारी गरेको बताएका छन ।