१५ बैशाख २०८१, शनिबार
Follow Us

अर्को संस्था खोल्न तम्सिनेलाई शुभकामना छ : अध्यक्ष रविना थापा, एनआरएनए

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८०, शुक्रबार ०१:३७

लण्डन । गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले एनआरएनए जस्तै अर्को संस्था खोल्न पाउने कुरा संघको कानुन सम्मत भएको बताएकी छन् ।

उनले एक अनलाइनलाई दिएको अन्तरवार्तामा नयां संस्था दर्ता गर्नको लागि उनीहरु सर्वोच्च अदातल जानै नपर्ने बताएकी छन् ।
उनले २५ देशका ५० जना मिलेर अर्को संस्था खोल्न पाउने कुरा हाम्रो बिधानले प्रष्ट भनेको छ । खोल्न पाउने त भनिएको छ तर अब नेपाल सरकारले कसरी हेर्छ भन्ने कुरा हेर्न बाँकी बताइन् ।

थापाले नयां संस्था दर्तालाई ठूलो बिषय नबनाउन आग्रह गरेकी छन् ।

उनले भनिन् ‘यो ठूलो बिषयनै होईन, संस्था बनेर मात्रै हुँदैन त्यसले कसरी काम गर्छ भन्ने कुरा मुख्य हो । हामीले २० औं बर्षदेखी काम गर्दै आईरहेका छौं । गर्छु भनेर तम्सिनेहरुलाई शुभकामना छ ।’

उनले भनिन् ‘आफुले थालनी गरेका काम सम्पन्न गर्न फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छन् । थापाले भनिन् हामीले अहिले धेरै कामको थालनी गरेका छौं । मैले यस पटक नेतृत्व गरेपछि संघमा धेरै काम गर्ने अवसर पाएँ, अब थालिएका योजनाहरु पुरा गर्नका लागि मैले पुनः अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।’