१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती प्रधानमन्त्री सुनाकलाई पशुपतिनाथको दर्शन गर्न सुझाव !

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०८०, शनिबार ००:०१

लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनाकलाई नेपाली मूलका बेलायती व्यापारी दीपेन्द्र गुरुङले बिदा मनाउन नेपाल भ्रमणको निम्तो दिएका छन् ।

गुरुङले लण्डनमा भएको अनौपचारिक कार्यक्रममा बेलायती प्रधानमन्त्री सुनाकलाई भेटेका थिए ।

गुरुङको कम्पनी हिमालय जेट एयरलाइन्सले सन् २०२३ देखि नेपालका लागि अन्तर्राष्ट्रिय उडान र सिधा चार्टर गर्ने योजनासहित उडान सुरु गर्ने तयारी गरेको छ ।

उनीहरुबीच उडान सञ्चालन र व्यापारिक विषयमा छलफल भएको थियो । गुरुङले पशुपतिनाथ र हिमालय भ्रमणको प्रस्ताव पनि राखेका थिए ।

प्रधानमन्त्री सुनाकले सेप्टेम्बरमा भारत भ्रमण गर्ने योजना रहेको बताएका थिए भने गुरुङले डिसेम्बरमा मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने बताए ।

दुबैलाई युके कन्जरभेटिभ पार्टीका उपाध्यक्ष निकी एकेनले आयोजना गरेको दिवाभोजमा आमन्त्रित गरिएको थियो । हिमालय जेटले लण्डन, म्यानचेस्टर, पेरिस र फ्र्याङ्कफर्टबाट नेपाल र अन्य टाढाका गन्तव्यमा उडान गर्ने तयारी गरेको छ ।