१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल फर्कने यात्रुले कति सुनका गहना लैजान पाइन्छ ?

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८०, आईतवार १९:१०

लण्डन । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा लैजान पाउने सुन गहना, मोवाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था सार्वजनिक गरेको छ ।

आइतवार जारी सूचना अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्न नपर्ने जनाएको छ ।

पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन् । श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाइनेछ ।