१५ बैशाख २०८१, शनिबार
Follow Us

अध्यक्ष बन्न नेताहरुको ढोका हान्न जान्न् : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
२९ श्रावण २०८०, सोमबार १८:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले राजनीतिक दलको ढोका चारेर अध्यक्ष नबन्ने बताएका छन् ।

डा. शर्माले मंगलवार अमेरिककास्थित समाजटाइम्स अनलाइनलाई दिएको एक अन्तरवार्तामा संघको ११ औं महाधिवेसनको लागि आफु वरिष्ठउपाध्यक्ष रहेको नाताले पनि अध्यक्ष पद दावी गर्नु स्वभाविक रहेको बताए ।

उनले भने ‘अहिलेका दुई अध्यक्षहरु डा. बद्री केसी र रविना थापाले पनि पुनः अध्यक्ष बन्ने चाहना राख्नु भएको छ । त्यस पछि सिनिसयर म आफै हो । मेरो स्वभाविक दावी रहन्छ ।’

“म नेताहरुको ढोका हान्न गएको छैन्, त्यसैले धेरैलाई अलमल लागेको होला तर मेरो अध्यक्ष पदको दावी कायम छ । तर त्यसको लागि संघको निर्वाचन सुनिश्चित हुनु पर्छ ।”

उनले भने ‘गैरआवासीय नेपाली संघको तर्फबाट निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ तर परराष्ट्र मन्त्रालय र राजनीतिक दलहरुको हस्तक्षेपका कारणले निर्वाचन नहोला भन्ने आशंका अझैछ ।’
उनले गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तयारीको लागि परराष्ट्र मन्त्रालयले आयोजक समिति गठन गर्न ढिलाई गर्नु रह्स्यमय भएको बताए ।

उनले संघको केन्द्रीय महाधिवेसनको लागि प्रतिनिधिहरुको चयन पछि अरु आकांक्षीहरुबीच छलफल गरेर अन्तिम निर्णय लिने बताए ।

संघको ११ औं महाधिवेसन अक्टोवर १७ देखी २० सम्म काठमाण्डौंमा हुदैछ । नयां नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, महेश श्रेष्ठ र आरके शर्माले आकांक्षा देखाएका छन् ।