१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए निर्वाचन : बुधवार सम्म ३ हजार प्रतिनिधिको नाम दर्ता

नेपालब्रिटेन संवाददाता
३२ श्रावण २०८०, बिहीबार ०३:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेसनको लागि प्रतिनिधिहरुको नाम दर्ता जारी रहेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगष्ट २० तारिख सम्म ९० प्रतिशत प्रतिनिधि अन्तर्रगत संघका राष्ट्रिय समितिका पूर्व पदाधिकारीहरुले प्रतिनिधिको नाम दर्ता सुरु गरेका छन् ।

बुधवार सम्म ५० भन्दा बढी देशका २९९५ जनाले सो महाधिवेसन प्रतिनिधिको लागि नाम दर्ता गरेका छन् । सो महाधिवेसनमा ४ हजार १ सय ७६ जनाले भाग लिने छन् ।

संघको महाधिवेशन अगामी अक्टोवरमा १७ देखी २० सम्म काठमाण्डौंमा हुदैछ । संघको विधान अनुरुप बांकी १० प्रतिशत प्रतिनिधि संघका राष्ट्रिय समितिले समाजमा सकृय समाजसेवी, प्रतिष्ठित व्यक्तित्व, बिभिन्न पेशामा आबद्ध व्यक्तित्व लगायत सबै पक्षलाई समेटेर चयन गर्ने छन् । राष्ट्रिय समितिले पठाउने १० प्रतिशत प्रतिनिधि ३० अगष्टभित्र पठाई सक्नु पर्ने छ ।

संघको नेतृत्वको लागि डा. बद्री केसी, डा. हेम राज शर्मा, रविना थापा, महेश श्रेष्ठ र आरके शर्माले आकांक्षा देखाएका छन् । ६४ पदाधिकारीको लागि अक्टोवर महिनामा अनलाइन मार्फत निर्वाचन गर्ने संघले तयारी गरेको छ ।